काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ६७१ र एन्टिजेन विधिबाट १ हजार ९२३ जनामा परिक्षण गर्दा ३६५ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख ३ हजार ८७८ र एन्टिजेनबाट ९३ हजार २५६ जना पुगेको छ ।
यस्तै, आज थप ६०९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७८ हजार ३५० जना पुगेको छ । निको हुने दर ९६.८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २६१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ रहेको छ ।