धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार कैलालीको गोदावरी नगरपालिका ७ का ६० वर्षीय पुरुष र कञ्चनपुरको बेल्डाडी गाउँपालिका २ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालमा ७ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेकोे उहाँले बताउनुभयो ।
यस्तै अस्पतालमा थप ३ जना नयाँ बिरामी भर्ना भएका छन् । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणबाट मर्नेको सङ्ख्या २०२ पुगेको छ ।