सरकारले राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाउने मिति परिवर्तन गरी ७ र ८ गते संचालन हुने भएको छ।
हरेक वर्ष कात्तिक २ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो।
७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ।