काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ५८६ र एन्टिजेन विधिबाट १ हजार ९६३ जनामा परिक्षण गर्दा ५४५ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख ७ हजार ५५२ र एन्टिजेनबाट ९३ हजार ७७१ जना पुगेको छ ।
यस्तै, आज थप ७२६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८४ हजार ८८१ जना पुगेको छ । निको हुने दर ९७.२ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३२६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ रहेको छ ।