काठमाडौँ, कात्तिक १० गते । कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मङ्गलबारबाट लगाउन सुरु गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार बिहीबारसम्म यो खोप लगाइनेछ ।
एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका आठवटा स्थानीय तहका १८ वर्ष उमेरभन्दा माथिका ८६ हजार व्यक्तिलाई दोस्रो मात्रा लगाइने छ ।