काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३१६ र एन्टिजेन विधिबाट २ हजार ५९५ जनामा परिक्षण गर्दा ३७२ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १२ हजार १९४ र एन्टिजेनबाट ९४ हजार ५०३ जना पुगेको छ ।
यस्तै, आज थप ९११ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९१ हजार २६९ जना पुगेको छ । निको हुने दर ९७.४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३९९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२६ रहेको छ ।