काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ४४ जनामा गरिएको परीक्षणमा १८३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएर फर्किएका छन् ।