नेपालमा बाल तथा महिला स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको इशान बाल तथा महिला अस्पताल गैर सरकारी अस्पताल हो । बाल तथा महिला स्वास्थ्यको क्षेत्रमा आफ्नो भिन्नै पहिचान बनाउन सफल यस अस्पताल बाल शल्यक्रियाको क्षेत्रमा अन्र्तराष्टिय स्तरमा नै आफ्नो पहिचान बनाउन सफल छ ।
बालबालिकाको उपचारका लागि सरकारी स्तरको कान्ति बाल अस्पताल मात्र भएका बेला विं सं २०५२ सालको कृष्णअष्टमीको दिनमा बालबालिकाको उपचारमा सबैको पहुँच र उपचार सहज होस भन्ने उद्देस्यले ईशान बाल नर्सिङ होमका नाममा अस्पताल स्थापना भएको थियो । २ जना चिकित्सकबाट सुरुवात भएको अस्पतालमा हाल ४७ बरिष्ट विशेषज्ञसहित बालरोग उपचारसम्बन्धी विशिष्ठिकृत सेवा पिआसियु, एनआइसियुसहित २४ सै घण्टा सेवा प्रदान गर्दै आएको छ ।
नीजि क्षेत्रबाट पहिलो एक मात्र बाल अस्पतालको रुपमा रहेको इशानले बालबालिका तथा स्त्री तथा प्रसुति रोगसम्बन्धी सम्पुर्ण स्वास्थ उपचार सेवा प्रदान गदै आएको छ । अस्पतालले सम्पन्न वर्गका लागि मात्रै नभई विपन्न वर्गलाई पनि गुणस्तरीय तथा सर्वसुलभ उपचार सेवा प्रदान गर्दे आइरहेको छ ।