काठमाडौं । दन्त स्वास्थ्य भनेकै मुख स्वास्थ्य हो । हामीले शरीरलाई आवश्यक पर्ने खाना मुखबाटै खान्छौं । दाँतमा लाग्ने रोगहरु तथा तीनीहरुको अध्ययन गर्ने विधालाई दन्त स्वास्थ्य भनिन्छ । सामान्यतया दाँतमा दुई प्रकारको समस्या देखा पर्न सक्छन् ।
दाँतमा किराले खाने तथा गिजासम्बन्धि गरी दुई प्रकारको समस्या देखिन सक्छन् । दाँतलाई गिजाले समातेर राख्ने हुनाले गिजाको समस्या देखिएमा दाँत विस्तारै हल्लिएर जाने समस्या आउँछ । दाँतमा किरा लागेको सुरुवात कै अवस्थामा थाहा पाउन सकेको खण्डमा उपचारमा सहज हुन्छ ।
दाँतको समस्या हुनु भन्दा अगाडि नै दन्त चिकित्सक कहाँ जान सकेमा उपचार अझै राम्रो मानिन्छ । आजकाल धेरैमा देखिने दाँतको समस्या भनेको दाँत बांगोटिगो आउनु हो । बांगोटिगो दाँत आउन नदिनका लागि ९ १० वर्षकै उमेरमा दाँतको परीक्षण गराउनुपर्ने हुन्छ ।
विदेशतिर ६ महिना १ वर्ष देखी नै दन्त चिकित्सककोमा लाने चलन छ । नेपालमा भने समस्या आएपछि मात्रै उपचारमा आउने प्रचलन रहेकोमा पछिल्लो समय शहरका मानिसहरुमा भने दन्त स्वास्थ्यबारे केही सचेत भएको पाउन सकिन्छ। दाँतको स्याहारका लागि गर्ने पर्ने काम दिनको दुईपटक बढीमा ३ मिनेट लगाएर दाँत माझनुपर्ने हुन्छ ।
बिहानदेखि साँझसम्म दाँतले खाने कुरा चपाउनु पर्छ। जसकारण यसको स्याहार गर्न अत्यन्तै महत्पूर्ण हुन्छ। कुनै पनि मानिसले दाँतको स्याहार गर्नका लागि आफूले गर्ने गरेको दैनिक क्रियाकलापमा ध्यान दिन जरुरी हुन्छ। खाना खाई सकेपछि मुख कुल्ला गरि दिए पनि धेरै खाने कुरा अड्किन पाउँदैन र धेरै रोग लाग्नबाट बच्न सकिन्छ।