एजेन्सी । सुत्दा टाउकोको नजिकै वा सिरानी छेउमा मोबाइल राखेर सुत्दा क्यान्सरको जोखिम बढ्ने अध्ययनले देखाएको छ।
क्यालिफोर्निया जनस्वास्थ्य विभागका अनुसार मोबाइललाई सिरानी छेउ राखेर सुत्दा मस्तिष्कको क्यान्सरमात्र नभएर नपुंसकतासमेत हुनसक्ने चेतावनी दिएको हो । मोबाइल फोनबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक विकिरणले मष्तिस्कको क्यान्सर तथा कान र टाउकोबीचमा हुने स्नायु वा थुक ग्रन्थीमा ट्युमर निम्त्याउन सक्छ ।
साथै, फोनबाट निस्कने विकिरणले शुक्राणुको उत्पादन घटाउने तथा शुक्राणुको गति पनि सुस्त बनाउने अध्ययनले देखाएको छ । त्यसैले सिरानी छेउ वा ओछ्यान नजिकै मोबाइल राखेर नसुत्न (फोन अफ भएमा वा एयर प्लेन मोडमा बाहेक) वा केही फिट पर राखेर सुत्न सुझाव दिइएको छ । क्यान्सरको जोखिम घटाउनका लागि मानिसहरूले फोनलाई गोजीमा भन्दा पनि ब्याग वा पर्समा बोक्न सुझाइएको छ ।
फोनमा टावर नभएमा (केवल एक वा दुई सिग्नलको बार देखिएमा) पनि फोन नचलाउन क्यालिफोर्निया जनस्वास्थ्य विभागले जनाएको छ । सिग्नल कमजोर हुँदा फोनले थप धेरै रेडियो फ्रिक्वेन्सी उर्जा पठाउने हुन्छ । फोनको प्रयोगले क्यान्सरको विकासमा कुनै भूमिका खेल्छ कि भनेर विभिन्न अनुसन्धान भइरहेको छ ।