३१ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार पुगेको छ ।
बिहीबार ११ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण भएको मृत्युदर नेपालमा करिब १.५ प्रतिशत छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ८१ हजार ९८९ र एन्टिजेनबाट ८८ हजार १८७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १६८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४५ हजार २१५ जना पुगेको छ ।