काठमाडौं । नेपालमा परिवार योजनाको कार्यक्रमको प्रभावकारी कार्यान्वयनले १० प्रतिशत बाल मृत्यु दर र २० प्रतिशत मातृ मृत्यु दर घटेको पाइएको छ ।
आठौँ राष्ट्रिय परिवार नियोजन दिवसका अवसरमा बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा यो जानकारी दिइएको हो । परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले नेपालमा परिवार नियोजनको साधन प्रयोग गरेकाले मृत्यु दर घटेको बताए ।
उनले गुणस्तरीय परिवार योजना सेवाको पहुँचले आमा र बच्चाको स्वास्थ्यमा मात्र नभइ सामाजिक तथा विकास क्षेत्रमासमेत सकारात्मक प्रभाव पारेको बताए ।
सरकारले परिवार योजनामा एक रुपैयाँ खर्च गर्दा स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा ३.१ रुपैयाँ प्रतिफल हुने सरकारको परिवार नियोजनलागत कार्यान्वयन योजनाले प्रक्षेपण गरेको छ ।