टेस्ट ट्युब बेबीलाई अंग्रेजीमा इन् भिट्रो फर्टिलाइजेसन भनिन्छ । भिट्रो फर्टिलाईजेसन भनेको आमाको गर्भमा फर्टिलाइज गर्ने र भिट्रो भनेको बाहिर गर्ने हो । बाबुको शुक्रकिट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर फर्टिलाइज गर्ने भएकोले यस्तो प्रक्रियालाई इन् भिट्रो फर्टिलाइजेसन भनिन्छ ।
यस्तो फर्टिलाइज गर्दा बाबुको शुक्रकिट र आमाको डिम्ब भने मेल हुन जरुरी छ । आमाको डिम्ब र बाबुको शुक्रकिटलाई टेस्ट ट्युबमा निकालिने भएकोले यसलाई टेस्ट ट्युब बेबी भनिएको हो ।
पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रुण विकास गराएपछि महिलाकै पाठेघरमा प्रत्यारोपण गरेर पाठेघरभित्रै बच्चा गर्भाधारण गरिन्छ । खासगरी महिलामा पाठेघरमा शुक्रकीट जाने दुबै डिम्बबाहिनी नली बन्द भएमा पुरुषको शुक्रकीट नै नबन्ने अवस्थामा अन्य पुरुषको शुक्रकीट र तीनै महिलाको डिम्बलाई गर्भाधान गराउन, कम शुक्रकीट बनेको अवस्थामा पनि थोरै शुक्रकीटलाई पनि सफा गरेर ट्युबमा राखेर भ्रुण तयार गरेर प्रत्यारोपण गरेर आमाको गर्भमा राखिन्छ ।
टेस्ट टयुब बेबी प्रकियाका अली खर्चलो नै मानिन्छ । जुन रकम सामान्य परिवारहरुको लागी महङ्गो हो पर्न सक्छ तर त्यस्को लागि सम्बन्धित अस्पतालमानै कुरा गर्नु पर्ने हुन्छ ।
डाक्टर नुतन शर्मा सँग महिला स्वास्थ्यले लिएको भिडिया