काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५४० र एन्टिजेन विधिबाट २ हजार ८१८ जनामा परिक्षण गर्दा १ हजार ६६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ८३ हजार ९१० र एन्टिजेनबाट ८८ हजार ८९० जना पुगेको छ ।
यस्तै, आज थप १२३४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४७ हजार ८०० जना पुगेको छ । आज संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २८ पुगेको छ ।