काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ७८६ र एन्टिजेन विधिबाट ३ हजार ३१ जनामा परिक्षण गर्दा १ हजार ९५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ८५ हजार ५४१ र एन्टिजेनबाट ८९ हजार ८८ जना पुगेको छ ।
यस्तै, आज थप २९५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५२ हजार १७० जना पुगेको छ । निकाे हुने दर ९८.८ प्रतिशत रहेकाे छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितकाे संख्या २२ हजार ३२३ रहेकाे छ ।