आज देशभर थप १,०९५ जनामा कोरोना संक्रमित थपिएका छन् । ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौं २९८, झापामा १५९, भक्तपुरमा ६३ र मोरङमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरीमा ४४, रुपन्देहीमा ३७, ललितपुर र कैलालीमा ३५/३५ जना, काभ्रेपलाञ्चोकमा २८, चितवनमा २२, बागलुङमा २१, नुवाकोट र कास्कीमा १७/१७ जना तथा मकवानपुरमा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।