काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ६२६ र एन्टिजेन विधिबाट ३ हजार ९९६ जनामा परिक्षण गर्दा १ हजार ३३० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ८६ हजार ५७७ र एन्टिजेनबाट ८९ हजार ३८२ जना पुगेको छ ।
यस्तै, आज थप १८३० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५४ हजार पुगेको छ । निकाे हुने दर ९५.९ प्रतिशत रहेकाे छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ५जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितकाे संख्या २१ हजार ५२४ रहेकाे छ ।