सुरक्षित गर्भधारणको अवधारणा गर्भ रहनु भन्दा पहिले बाट नै शुरु हुन्छ। शारीरिक स्वस्थता, पारिवारिक सहिष्णुता र समसापेक्ष चिकित्सकिय परामर्श, जाँच र उपचार नै सुरक्षित गर्भधारणका अभिन्न अङ्गहरु हुन्। आमा र बच्चाको स्वास्थ्य अवस्थाको जाँचका लागि अपरिहार्य मानिने एउटा जाँच हो अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्स-रे।
अल्ट्रासाउन्डले हामिले सुन्नसक्ने भन्दा बढी आवृत्तिको ध्वनी प्रयोग गरेर, त्यसबाट आउने प्रतिबिम्बको अध्ययन गरेर शरीरका भित्रि भागहरुको चित्र कोर्ने तथा शरिरको कुनै भागमा रगतको प्रवाह रहेको नरहेको पत्ता लगाउने गर्दछ। भिडियो एक्स-रे झट्ट नाम सुन्दा एक्स -रे जस्तो सुनिएतापनि यसमा विकिरणको खतरा रहदैन। यसको प्रयोग गरेर विभिन्न शल्यक्रियाहरु बढी सुरक्षित तरिकाले गर्न सकिन्छ। सबैभन्दा कम समयमा शरीरका भित्री अङ्गको जानकारी दिने भएकाले आकस्मिक बेलामा यसको प्रयोग अति महत्त्वपूर्ण हुन्छ।
गर्भावस्थामा भिडियो एक्स–रे र ध्यान दिनुपर्ने कुराहरु (हेर्नुस् यो भिडियो)