काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ६२९ र एन्टिजेन विधिबाट ३ हजार ६१४ जनामा परिक्षण गर्दा १ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ८८ हजार ७६९ र एन्टिजेनबाट ८९ हजार ९०७ जना पुगेको छ ।
यस्तै, आज थप १३२४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५६ हजार ९५४ जना पुगेको छ । निको हुने दर ९६ .० प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ७२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ ।