के हो माइग्रेन ?
माइग्रेन अन्य समस्याले हुने रोग हो, जसले गर्दा विशेषगरी टाउकोको भाग धेरै दुख्छ । माइग्रेनले निश्चित समयमा कसैलाई एक महिना, कसैलाई ढेड महिना र १५, २० दिनमा पनि टाउको दुख्ने हुन्छ ।
माइग्रेनको दुखाइ ३, ४ दिनसम्म पनि रहन सक्छ । सामान्यतया माइग्रेनले टाउकोको आधा भाग दुख्छ । कसैको दाहिने त कसैको देब्रे भाग दुख्ने गर्छ ।
माइग्रेनको पीडा बिरामीले सहन नसक्नेसम्मको पनि हुन्छ । यसको दुखाइ निकै गाह्रो र कठिन हुन्छ । टाउको दुखाइसँगै आँखा धमिलो देख्ने, रिँगटा लाग्ने, वाकवाक लाग्ने र वान्त हुनेसम्म हुन्छ ।
यस्तै आलश्य हुने, काम गर्न मन नलाग्ने, दिमागले अन्य कुरा सोच्न नसक्ने अवस्थासम्म पनि बिरामीलाई पुर्याउन सक्छ ।
थप जानकारीको लागी होलेस्टीक हस्पीटल एण्ड रिर्सचका डा. शेखर मुखियासँगको कुराकानी हेर्नुहोस्...