आजको द्रुत गतिमा बदलिंदो जीवनशैलीसँगै शरीरका विभिन्न अंगमा समस्या देखिनु सामान्यजस्तै बन्दै गएको छ। विशेषगरी कम्मर, घुँडा, मांसपेशी र जोर्नीका समस्याहरू अत्यधिक देखिन थालेका छन्। यस्ता समस्याको दीर्घकालीन र प्रभावकारी समाधानको उपायको रूपमा फिजियोथेरापी एक प्रभावशाली उपचार पद्धति बनिरहेको छ। विशेषगरी जोर्नी, मांसपेशी, नसा तथा हड्डीसँग सम्बन्धित समस्याहरूको उपचारमा यो प्रभावकारी विकल्प बन्न थालेको छ। आधुनिक जीवनशैलीका कारण थुप्रै मानिसहरू शारीरिक समस्याले पीडित भइरहेका छन्, जसको समाधानका लागि फिजियोथेरापी एक सुरक्षित, प्राकृतिक र औषधिविनाको विधि हो। फिजियोथेरापी कसरि काम गर्छ ? किन आवश्यक छ ? ब्याक पेनमा फिजियोथेरापीको भुमिका ? यसै बारेमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशिलिटी हस्पिटलका फिजियोथेरापिस्ट डा नवीन चौधरीसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानीमा आधारित् :
फिजियोथेरापी भनेको के हो ?
फिजियोथेरापी मेडिकल साइन्सको एउटा यस्तो विशेष विधा हो, जुन चोट, दुखाई या बिरामीपछि त्यसलाई हिल गर्न वा स्वस्थ राख्न मद्दत गर्दछ। साथै शरीरमा देखिने शारीरिक कमजोरी, दुखाइ, घाउ, पक्षघात, नसा सम्बन्धी समस्या तथा चलखेलमा देखिने असहजतालाई सुधार गर्ने वैज्ञानिक उपचार विधि हो। फिजियोथेपीमा दुखाई को कारण पत्ता लगाई व्यायाम र इलेक्ट्रोथेरापी मार्फत निको पार्न सकिन्छ । फिजियोथेरापीले शरीरको गतिशीलता (mobility), सन्तुलन (balance) र शक्ति (strength) पुनर्स्थापना गर्न मद्दत गर्छ।
यसका मुख्य प्रकारहरू
- अर्थोपेडिक वा मस्कुलोस्केलेटल फिजियोथेरापी : जोर्नी, मांसपेशी, सर्जरीपछिका समस्याको उपचार गरिन्छ ।
- न्युरोलोजिकल फिजियोथेरापी : स्ट्रोक, स्पाइनल इन्जुरी, मस्तिष्क चोट आदिको उपचार।
- कार्डियो पल्मुनोमेरी फिजियोथेरापी : मुटु तथा फोक्सासम्बन्धी रोग वा सर्जरीपछि पुनर्स्थापना।
- महिला स्वास्थ्य फिजियोथेरापी : गर्भावस्था र प्रसूति पछाडिका महिलाको स्वास्थ्य सुधार समावेश हुन्छ।
किन आवश्यक छ फिजियोथेरापी ?
शारीरिक समस्याहरूलाई नियन्त्रण गर्ने र औषधिविना शरीरको प्राकृतिक उपचार प्रक्रिया हो। यसका फाइदाहरु :
- औषधिको साइड इफेक्ट बिना उपचार।
- दीर्घकालीन समस्याको समाधान।
- सर्जरीको आवश्यकता कम गर्ने।
- दैनिकीमा स्वतन्त्रता कायम राख्न सहयोगी।
- मांसपेशी र जोर्नीको लचकता बढाउने।
- जोर्नीको लचिलोपन बढाउनु र मोबिलिटीमा सुधार हुन्छ।
- शरीरको ऊर्जा, गतिशीलता र मानसिक सन्तुलन सुधार गर्ने।
- दैनिकीमा स्वतन्त्रता र आत्मविश्वास कायम राख्न सहयोग गर्ने।
फिजियोथेरापी र काइरोप्रैक्टिक, कोरियन थेरापी बीचको भिन्नता
यी सबै अलगअलग क्षेत्र हो। Chiropractic बढी गरी स्पाइनल रिलेटेड इस्युमा फोकस गर्छ भने फिजियोथेरापीले सम्पूर्ण शरीरको प्रदर्शन जस्तै व्यायाम ,स्ट्रेचिंग म्यानुअल थेरापीमा फोकस गर्छ। त्यस्तै कोरियन थेरापी (ceragen) एउटा प्रोडक्ट लाइन छ भने फिजियोथेरापी लाइसेन्स प्राप्त स्वास्थ्य प्रशिक्षित पेशा हो। कोरियन थेरापीले ततो गराई दुखाई कम गर्नेमा स्पाइनल रिलेटेड इस्युमा काम गर्छ भने फिजियोथेरापी सुपरभाइज ट्रिटमेन्ट हो।
फिजियोथेरापी उपचार गर्दा कति समय लाग्छ र कसरी गरिन्छ ?
फिजियोथेरापी उपचार अवस्थाको आधारमा तीव्र र पुरानो चरणमा प्रयोग गर्न सकिन्छ। तीव्र चरण फिजियोथेरापीले दुखाई र सुजन कम गर्न र निको पार्न मद्दत गर्छ भने पुरानो चरणमा स्वास्थ्यका लक्षणहरू व्यवस्थापन गर्न र स्वास्थ्यको प्रगतिलाई रोक्न वा ढिलाई गर्न मद्दत गर्न सक्छ। त्यसले दुखाई कम गर्न गतिको दायरा सुधार गर्न र असक्षमता रोक्न वा कम गर्न मद्दत गर्न सक्छ। यसमा समय ३० देखि १ घण्टा कम्तीमा ३ देखि ६ हप्तासम्म पनि लाग्न लाग्ने गर्छ डिपेन्ड दुखाई चोटको किसिम र बिरामीमा भर पर्दछ समय लाग्ने हुँदा पनि निदान र व्यवस्थापन पूर्ण रूपले निको पार्न मद्दत गर्छ अलिकति धैर्य धारणा गर्नुपर्ने हुन्छ
फिजियोथेरापी किन र कहिले आवश्यक पर्छ?
जब हाम्रो शरीरमा चोट लाग्छ वा कुनै सर्जरीपछि हिँलिरहेको हुन्छ, त्यहाँ शक्ति (strength) र गतिशीलता (mobility) घट्नु स्वाभाविक हो। यसका कारण दुखाइ, असुविधा र सम्बन्धित अंगको काम गर्न कठिनाइ महसुस हुन्छ। पहिले सहजै गर्न सकिने काम अहिले अप्ठ्यारो हुन सक्छ। यही अवस्थामा फिजियोथेरापीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। फिजियोथेरापीले शरीरमा के भइरहेको छ भन्ने पत्ता लगाउँछ, समस्याको जरोसम्म पुगेर उपचार गर्छ। चाहे समस्या movement related होस् वा कुनै प्रकारको लगातार दुखाइ, फिजियोथेरापीले दुखाइसँगै लक्षण पनि सुधार्ने काम गर्छ। फिजियोथेरापीको मुख्य उद्देश्य शरीरको पुनर्स्थापना, दुखाइ नियन्त्रण, गतिशीलता सुधार र भविष्यमा समस्या दोहोरिन नदिनु हो।
बढ्दो समस्या – ब्याक पेन (कमर दुखाइ), कारणहरू
आधुनिक जीवनशैलीमा ब्याक पेन सबभन्दा बढी प्रब्लम हो जसको कारण निम्नअनुसार छ
1 गलत मुद्रा (poor posture)
2 निष्क्रिय जीवनशैली
3 मोटोपन
4 शारीरिक गतिविधि तथा चोटपटक
5 तनाव
6 डिहाइड्रेस
दैनिक व्यवहारमा अपनाउनुपर्ने सावधानीहरू
- हरेक २० मिनेटमा उठेर हिँड्ने वा स्ट्रेचिङ गर्ने — लामो समय एकै ठाउँमा बस्दा मेरुदण्डमा दबाब पर्छ, त्यसैले बीचबीचमा शरीर चलाउनुपर्छ।
- उचित पोस्चर बनाउने — कम्मर, घाँटी सिधा पारेर बस्ने
- सामान उठाउँदा अगाडि झुकेर होइन, घुँडाको बलमा बस्दै सामान नजिक ल्याएर उठाउने।
- आरामदायक मुद्रामा सुत्ने — अत्यधिक नरम वा कडा म्याट्रेसमा न सुत्ने, मेरुदण्ड सीधा रहने गरी सुतेको राम्रो।
- ब्याग वा झोला ओभरलोड नगर्ने।
- किचेनमा काम गर्दा फुट–स्टेपर टूल प्रयोग गर्ने ।
- लामो यात्रा गर्दा चार पाङ्ग्रे सवारी प्रयोग गर्ने — दुई पाङ्ग्रे सवारीमा झट्का र कम्पनले मेरुदण्डमा असर गर्छ।
- शरीरको तौल नियन्त्रणमा राख्ने ।
- उच्च हिल वा कडा जुत्ता नलगाउने।
- टाइट कपडा नलगाउने — मांसपेशीमा खिचावट र रक्तसञ्चारमा असर गर्छ।
- पर्याप्त पानी पिउने — डिहाइड्रेसनले मांसपेशीमा क्र्याम्प र स्पाज्म गराउँछ।
- धूम्रपान नगर्ने — निकोटिनले डिस्कमा जाने रक्तसञ्चार घटाउँछ र डिस्क डिगेनेरेशन बढाउँछ।
- बालबालिकाको झोला हल्का बनाउने — मेरुदण्ड विकासक्रममा भएकाले अत्यधिक वजनले स्थायी असर गर्न सक्छ।
फिजियोथेरापी अस्पताल, क्लिनिक वा घरमै प्रशिक्षित फिजियोथेरापिस्टको निगरानीमा मात्र गर्ने । फिजियोथेरापी आधुनिक जीवनशैलीमा अनिवार्य रूपमा आवश्यक उपचार हो । यो शरीरलाई औषधिविना निको पार्ने, लचिलो बनाउने र दीर्घकालीन रूपमा स्वस्थ राख्ने प्राकृतिक पद्धति हो। समयमै अपनाइयो भने यसले सर्जरी र औषधि दुवैको आवश्यकता घटाएर जीवनस्तर सुधार्न मद्दत गर्छ।