काठमाण्डौं । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ। हिमाली तथा पहाडी जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट मनाउने परम्पराअनुसार आज तराई क्षेत्रमा होली मनाइएको हो।
नवलपरासी (बर्दघाट सुस्तापूर्वरपश्चिम) सहित झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, बारा, पर्सालगायत जिल्लामा उत्साहपूर्ण रूपमा होली खेलिएको छ। मगर र थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी क्षेत्रमा यो पर्व विशेष महत्वका साथ मनाइन्छ।
होलीले समानता, सद्भाव र भाइचाराको सन्देश दिने पण्डित त्रिलोचन भुर्तेलले बताए। जिल्ला प्रहरी कार्यालयले पर्वलाई मर्यादित र सुरक्षित बनाउन विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ। प्रहरीले अनुमतिबिना रङ दल्ने, झैझगडा गर्ने तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्य नगर्न आग्रह गरेको छ।