कहिलेकाहीँ टाउको दुख्नु स्वाभाविक हो । तर बारम्बार टाउको दुख्नु ब्रेन ट्युमरको संकेत पनि हुनसक्छ । मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ। पछिल्ला केही वर्षयता विभिन्न कारणले ब्रेन ट्युमरका घटनामा लगातार वृद्धि भइरहेको छ । टाउको दुख्नेजस्ता लक्षणलाई सामान्य मानेर समयमा उपचार नगराउँदा लाखौंले ज्यान समेत गुमाउन बाध्य भइरहेका छन् । ब्रेन ट्युमर कस्तो रोग हो ? यो के कारणले हुन्छ ? यसका लक्षण कस्ता देखिन्छन् ? यसको उपचार विधि के छ ? यसै बारेमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटलका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन डा सुनिल कुमार दाससँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानी आधारित् :
ब्रेन ट्युमर कस्तो रोग हो ?
मानव शरीरको सबैभन्दा जटिल र महत्त्वपूर्ण अंग हो मस्तिष्क (Brain) सामान्य भाषामा भन्दा ट्युमर भनेको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु हो । मस्तिष्कमा अंगमा विकसित हुने अनावश्यक, असामान्य तथा अनियन्त्रित कोषहरूको वृद्धि मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ।
ट्युमर दुइ प्रकारका हुन्छन् :
1. सौम्य (Benign) – जसले छिटो बढ्दैन र प्रायः घातक हुँदैन।
2. घातक (Malignant/ Cancer) – जसले छिटो वृद्धि गर्छ र अन्य अंगहरूमा पनि फैलिन सक्छ
अर्को भनेको ब्रेन ट्युमर आफै पलाएको हो कि अन्यन्त्रबाट सरेको वा फैलेको हो यसलाई दुई प्रकारले विभाजित गरिएको छ ।
प्राथमिक ट्युमर – मस्तिष्ककै कोषबाट उत्पन्न हुन्छ।
द्वितीयक ट्युमर – शरीरको अन्य जस्तै फोक्सो, आन्द्रा, थाइराइड, मिर्गौला आदि भागमा उत्पन्न भएको क्यान्सर मस्तिष्कमा सरेर ट्युमर बनाउँछ।
ब्रेन ट्यूमर विभिन्न ग्रेडका हुन्छन् । जसमा कुनै ट्यूमर १ देखि ४ ग्रेड सम्म हुने गर्छन् । नम्बर १ र २ सामान्य खालको उपचार अपरेशन पछि ठिक हुने र नदोहोरिने हुन्छ तर ३ र ४ यिनलाई क्यान्सर भन्न मिल्छ यो अपरेशनमा कातेर फाले पनि फेरि चाँडै दोहोरिने सम्भावना बढि हुन्छ ।
कारण
ब्रेन ट्युमर हुनुको सटीकर मुख्य कारण स्पष्ट छैन् । कुनै ब्रेन ट्युमर वंशाणुगत कारणले हुनसक्छ पारिवारिक पृष्ठभूमिमा पहिला बाबुआमा वा तीन पुस्तामा ट्युमर भएमा पनि यो समस्या सन्तानमा देखिनसक्छ। अर्को जीनमा जन्मजात नै कुनै किसिमको खराबी देखिएमा टाउकोमा अस्वभाविक रुपमा कोष वृद्धि हुँदै ट्युमरमा परिणत हुन्छ । अरु कारणमा विकिरण (Radiation) को असर, वातावरणीय प्रदूषण, केही रासायनिक पदार्थहरूको दीर्घकालीन सम्पर्क, इम्युन सिष्टम कमजोर हुने व्यक्तिलाई हुन सक्छ ।
लक्षणहरू
मस्तिष्क ट्युमरको लक्षण ट्युमरको स्थान, प्रकार र आकार अनुसार फरक हुन सक्छ। टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा सामान्य र सुरुवाती लक्षण हो । अरु केहि प्रमुख लक्षणहरु बान्ता वा वकवकि हुनु, बेहोस हुनु वा चक्कर लाग्नु, आँखा धमिलो हुनुर नदेख्नु, स्मरणशक्तिमा कमी आउनु, हात खुटा नच्लने, बोल्न, हिँड्न वा सोच्न कठिनाइ, छाहारे रोग लाग्नु आदि हुन सक्छन् ।
निदान (Diagnosis):
मस्तिष्क ट्युमर पत्ता लगाउन माथि उल्लेखित लक्षण देखा पर्ने बितिकै विशेषज्ञ डाक्टर लाई भेटेर केही टेस्टहरु गरनु पर्न हुन्छ। ब्रेन ट्युमर निदान को लागी विभिन्न प्रविधिहरू प्रयोग गरिन्छ, जस्तै :
MRI (Magnetic Resonance Imaging)
CT Scan
Biopsy (कोष परीक्षण)
PET scan
उपचार विधि के छ ?
शरीरमा देखिने गरेका लक्षण बेवास्ता गरेका कारण रोगको सिकार भइसकेको बारे थाहा पाउदैनन् र समयमै उपचार हुन पनि सक्दैन । ट्युमरको लक्षण अनुसार र ट्युमर कस्तो खालको छ त्यसलाई हेरि उपचार गरिन्छ। ८०-९० प्रतिशत ट्युमरको अप्रेशन नै गर्नु पर्ने हुन्छ । ५-१० प्रतिशत औषधिले निको पार्न सकिन्छ । ट्युमर सानो छ र बिरामिलाई केहि समस्या भएको छैन् निरन्तर निगरानी राखेर उपचार गरिन्छ । ट्युमर फैलिदै छ र बिरामिलाई समस्या भई रहेको छ भने अप्रेशन गर्ने सल्लाहनै दिन्छै ।
ब्रेन क्यान्सर पुष्टि भए पछि हामीले अप्रेशनपछि थप उपचार गराउनु पर्ने हुन्छ । जसलाई हामी रेडियो थेरापी र किमोथेरापी भन्छौं। ट्यूमरको अवस्था हेरेर कुन दिने वा दुवै दिने भन्ने निर्क्यौल गरिन्छ। ब्रेन ट्युमरको कति गम्भीर छ भनेर थाहा पाउन बायोप्सी गरिन्छ ।
ब्रेन ट्युमरको धेरै केशमा अप्रेशनपछि होसमै नआएर बिरामीको मृत्यु हुने गरेको सुनिन्छ यसमा कतिको सत्यता रहेको छ ?
पहिले पुरानो प्रविधिका कारण केहि समस्या आए पनिअहिले समय संगै न्युरो सर्जरिमा आधुनिक उपचार पद्दति आई रहेको छ अहिले भने त्यस्ता समस्याहरु आउने गरेको छैन्। पछिलो २०/३० बर्षमा आधुनिक टेक्नोलोजी र उपकरण जस्तै उच्च रिजोल्युसन एमआरआई, माइक्रोस्कोप, एन्डोस्कोप, न्यूरोनाइभिगेसन, धेरै विकसित भइसकेको छ जसले ब्रेन ट्युमर को उपचारमा धेरै सजिलो पारेको छ। तै पनि केही ट्युमर जटिल खालका छन्। त्यस्तो अवस्थामा हामीले यसको उपचार विधि र आउनसक्ने जटिलताका विषयमा बिरामीका आफन्तलाई जानकारी गराउँछौं। त्यसपछि उनीहरुको चाहना अनुसार नै उपचार सुरु हुन्छ कतिपय सफल पनि हुन्छन् भने कतिपय केशमा प्रयास गर्दागर्दै पनि सफल नहुने अवस्था हुन्छ।
नेपालमा ब्रेन ट्युमरका बिरामीको अवस्था कस्तो छ ?
अहिले विराटनगरको हाइ भो्युम न्युरोकार्डियो हस्पिटलको न्युरो सर्जरी ओपिडिमा बिरामि हेर्दा १० मा १ जनामा ब्रेन ट्युमरको समस्या हुने गरेको पाईन्छ । सबै ट्युमरका क्यान्सर हुन्छन् भने छैन् । हाम्रो देशमा धेरै व्यक्तिहरु टाउको दुख्दा फर्मेसि गएर आफै औषधि किनेर खाने गर्छन् । यस्तो बेवास्ताका कारण ढिलो भएर उपचार एकदम जटिल अवस्थामा अस्पताल आउने गर्छन् जसले गर्दा समयमै उपचार नभएर समस्या र उपचार जटिल हुन जान्छ ।
ब्रेन सम्बन्धी समस्या भएका बिरामीलाई ध्यान दिनु पर्ने कुराहरु
हामि नेपालीलाई कुनै किसिमको रोग लागेमा सहने बानी छ । अवस्था जटिल बनिसकेपछि मात्र अस्पताल पुग्दा ढिलो पत्ता लाग्छ र अन्तिम चरणमा ज्यान जोगाउन मुश्किल हुन सक्छ । ५० प्रतिशत बिरामि ट्युमर ठूलो भइसक्दा या हात खुटा नच्लने, प्यारालाइसि भएको अवस्थामा आउने गर्न् यस्ता बिरामि अरुमा निर्भर भईनै सकेका हुन्छन् । यस्तो अवस्थामा परिवारको साथ सहयोग एदम जरुरि हुन्छ । मस्तिष्क ट्युमर एक गम्भीर तर उपचार योग्य रोग हो यदि समयमै पहिचान गरी उपचार गरियो भने।अप्रेशन, रेडियो थेरापी र किमोथेरापी समय समयमा गर्ने, डाक्टरको सम्परकमा बस्ने, स्वस्थ वातावरणमा बस्ने, मद्यपान, धुम्रपान नगर्ने । ब्रेन ट्युमर भन्नेबित्तिकै डराइहाल्नुपर्ने अवस्था छैन। यसको उपचार नेपालमा पनि सम्भव छ। त्यसैले समयमै सचेत भएर उपचार गराउनु राम्रो मानिन्छ।