कलेजोको काम भनेको शरीरमा भएका त्यस्ता सबै चीजहरुलाई प्रशोधन गर्नु हो, जुन हामी खान्छौ वा पिउँछौ । यसले शरीरमा भएको कुनै पनि प्रकारको हानीकारण विषादीलाई फिल्टर समेत गर्दछ । तर, जब कलेजोको कोषिकामा अत्यधिक बोसो (फ्याट) जम्मा हुन्छ, त्यस अवस्थालाई फ्याटी लिभर भनिन्छ । फ्याटी लिभर (कलेजोमा बोसो बढ्ने) समस्या तीव्र गतिमा फैलिरहेको छ। हरेक १० जनामा ३ जना फ्याटी लिभरको समस्या देखिएको छ जस कारण पछि गएर कलेजो नै खराब भएर जाने हुन्छ । शरीरमा कुनै देखिने लक्षण नदेखिए पनि कलेजोमा बोसो जमेर विस्तारै कलेजोको क्षति गरिरहने छ । पछिल्लो समय खानपान, जीवनशैली र शारीरिक निष्क्रियता बढ्दै गएसँगै यो समस्या तीव्र रूपमा बढ्दै गएको हो । यो रोगका बारेमा निसर्ग हस्पिटलका फिजिसियन डा. लक्ष्मी राज भट्टसंग गरेको कुराकानि :
फ्याटी लिभर के हो ?
फ्याटी लिभर भन्नाले कलेजोमा सामान्यभन्दा बढी बोसो जम्मा हुनु हो। सामान्य रूपमा कलेजोमा केही मात्रामा बोसो हुन्छ, तर कलेजोमा यदि ५ प्रतिशतभन्दा बढी बोसो जम्छ भने त्यो अवस्था फ्याटी लिभर भनिन्छ । यो मुख्यतः दुई प्रकारको हुन्छ अल्कोहलिक फ्याटी लिभर जुन रक्सीको सेवनले गर्दा देखिने समस्या हो भने अर्को नन–अल्कोहलिक फ्याटी लिभर जुन रक्सीबाहेक अन्य धेरै कारणले कलेजोमा बोसो जम छ । नन–अल्कोहलिक फ्याटी लिभर पनि कलेजोमा परेको असरको आधारमा छुट्याईन्छ
नन-अल्कोहोलिक फ्याटी लिभर डिजिज र नन-अल्कोहोलिक स्टिएटोहेपेटाइटिस गरि प्रकारले विभाजित गरिएको हुन्छ ।
नन-अल्कोहोलिक फ्याटी लिभर भन्नाले सामान्य भाषामा नन-अल्कोहोलिक फ्याटी लिभर डिजिज भनेर बुझिन्छ । यो सुरुको अवस्थाको फ्याटी लिभर हो । यस अवस्थामा कलेजोमा बोसो जमेको हुन्छ तर सूजन हुँदैन।
फ्याटी लिभर हरेक अवस्थामा घातक हुँदैन, तर पछि गएर कलेजोमा सूजन बढ्यो वा कोषहरूमा क्षति हुन् थाल्यो भने त्यसलाई नन-अल्कोहोलिक स्टिएटोहेपेटाइटिस फ्याटी लिभर भनिन्छ । कलेजोमा यो अवस्था लामो समयसम्म रहँदा कलेजो कडा हुँदै जान्छ र घाउ देखिन थाल्छन् । यस गम्भीर अवस्थालाई सिरोसिस भनिन्छ । फ्याटी लिभर रोग आज सिरोसिसको सबैभन्दा ठूलो कारण बनेको छ ।
कलेजोमा बढी बोसो जमेपछि इन्सुलिनप्रतिको संवेदनशीलता घट्छ, जसले टाइप २ डायबेटीज को जोखिम बढाउँछ । यसका साथै मोटोपन, डायबेटिज र कोलेस्ट्रोल फ्याटी लिभरको समस्या संगै बढैजान्छ ।
नन-अल्कोहोलिक फ्याटी लिभर मदिरा सेवन नगर्ने व्यक्तिमा पनि देखिने डा। भट्ट भन्छन् “NAFLD लापरवाही गरेमा सिरोसिस, कलेजो फेल, र कहिलेकाहीं कलेजोको क्यान्सर समेत गराउन सक्छ।फ्याटी लिभर एक चिन्ताजनक विषय हो किनकी यो रोग ले लिभर लाई क्षती पुगाउनुको साथै अन्य रोगहरुलाई समेत निम्त्याउँछ।
कारणहरू
डा. भट्ट भन्छन् – 'फ्याटी लिभरको मुख्य कारण अनियमित जीवनशैली र अस्वस्थ खानपान हो।'
मुख्य कारणहरू
- अत्यधिक चिल्लो र प्रशोधित खाना
- बोसो धेरै भएको शरीर (मोटोपन/obesity)
- मधुमेह (Diabetes Type 2)
- उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल
- लामो समयसम्म विना शारीरिक गतिविधि बस्ने बानी
- इन्सुलिन प्रतिरोध (Insulin resistance)
- थाइराइड र अन्य हार्मोन समस्याहरू
लक्षणहरू
फ्याटी लिभरको मुख्य चुनौती भनेकै सुरुवातमा लक्षण नदेखिनु हो। धेरैजसो अवस्थामा जाँच नगरेसम्म थाहा नै हुँदैन। बिरामीले अन्य कुनै स्वास्थ्य समस्याका कारण उपचारमा आउँदा थाहा हुन्छ । अन्यथा यो सहजै पत्ता लाग्दैन।
लक्षणहरू
- पेटको दायाँ भागमा भारीपन वा असहजता
- अत्यधिक थकान
- खानामा रुचि नलाग्ने
- वाकवाकी वा अपच
- वजन बढ्नु
फ्याटी लिभरका जोखिम कस्ता व्यक्तिमा बढी हुन्छ ?
- मोटोपन भएका व्यक्ति
- मधुमेह तथा उच्च कोलेस्ट्रोल भएका
- ४० वर्ष नाघेका पुरुष तथा महिला
- शारीरिक व्यायाम नगर्ने
- अनियमित खानपान गर्ने
- महिलाहरूमा पोष्ट–मेनोपज अवस्था
- बच्चाबच्चीमा पनि अब फ्याटी लिभर देखा पर्न थालेको छ, विशेषगरी मोटोपनका कारण
के फ्याटी लिभर र लिभर इन्फ्लेमेसन एउटै हो ?
सामान्य फ्याटी लिभरमा कलेजोमा बोसो जम्मा भए पनि त्यहाँ सूजन हुँदैन। तर जब बोसोले कलेजोमा सूजन ल्याउँछ, त्यो अवस्था लिभर इन्फ्लेमेसन वा ल्ब्क्ज् हो। तसर्थ फ्याट्टी लिभरले लिभर इन्फ्लेमेसनलाई निम्त्याएको पाइन्छ।
फ्याटी लिभरको पहिचान कसरी गर्ने?
अल्ट्रासाउण्ड – सामान्य तरिका
लिभर फंक्शन टेस्ट (LFT) – कलेजोको अवस्था थाहा पाउन
FibroScan वा MRI – सूक्ष्म मूल्याङ्कनका लागि
बायोप्सी (गम्भीर अवस्थामा) – कोषीय स्तरमा परीक्षण गर्न
उपचार
जीवनशैली सुधार नै पहिलो औषधि डा। भट्टका अनुसार, “सामान्य फ्याटी लिभर औषधिबाट भन्दा जीवनशैलीको सुधारबाट नियन्त्रणमा आउँछ।” त्यसैले उनि भन्छन् औषधीको सथै मदिरापान तथा सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न त्यस्तै, कोलेस्ट्रोल बढाउने कुरा नखान तथा तौल घटाउन सल्लाह दिने गर्दछन् । साथै, औषधि, जीवनशैलीको परिवर्तन र व्यायाममार्फत यसलाई सुधार गर्नुका साथै मोटोपन, डायबेटिज र कोलेस्ट्रोलको नियन्त्रण गरे यो ठिक हुन्छ ।
फ्याटी लिभरबाट कसरी बच्ने ?
- दैनिक ३०–४५ मिनेट शारीरिक व्यायाम
- वजन घटाउने प्रयास
- चिल्लो, चिनी, अल्कोहोल र प्रशोधित खाना कटौती
- ताजा फलफूल, हरियो सागसब्जी, फाइबरयुक्त खाना
- नियमित स्वास्थ्य परीक्षण
- डाक्टरको निगरानीमा औषधि सेवन (यदि आवश्यक परेमा)
नन–अल्कोहोलिक फ्याटी लिभर सुरुवाती अवस्थामा सहजै नियन्त्रणमा लिन सकिने रोग हो। तर बेवास्ता गरिएमा यो सिरोसिस वा कलेजो फेलजस्ता गम्भीर अवस्थासम्म पुग्न सक्छ। समयमै परीक्षण, स्वस्थ जीवनशैली र चिकित्सकको परामर्श नै यसको रोकथाम र उपचारको मुख्य उपाय