काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
सीतालाई बुधबार आकस्मिक रूपमा अस्पताल भर्ना गरिएको हो ।
उनलाई आकस्मिक रूपमा अस्पताल भर्ना गरिएको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।