काठमाडौं - पछिल्लो २४ घण्टामा भारतमा ३ लाख २९ हजार ५१७ जना संक्रमित थपिएका छन् भने ३८ सय ७९ जनाको मृत्यु भएको छ।
भारतमा हाल कोरोना संक्रमितको संख्या २ करोड २३ लाख पुगेको छ। भने कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख ५० हजार नाघेको छ।
संक्रमितमध्ये एक करोड ९० लाखभन्दा बढी निको भइसकेका छन् । त्यस्तै ३७ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
विश्वमा कुल संक्रमितका आधारमा पहिलो स्थानमा रहेको अमेरिकामा तीन करोड ३५ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा अमेरीकामा करिब २८ हजार संक्रमित थपिएका छन् भने ३५५ जनाको मृत्यु भएको छ।
तेस्रो स्थानमा रहेको ब्राजिलमा करिब एक करोड ५२ लाख संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा २९ हजारभन्दा बढी संक्रमित थपिँदा एक हजार १८ जनाको मृत्यु भएको छ।