काठमाडौं । जाडोको मौसम सुरु भइसकेको छ । चिसोको कारण कानसँग सम्बन्धित रोगले कयौँ मानिसलाई सताइरहेको हुन्छ ।
यो समस्याले विशेषगरी बच्चालाई बढी दुःख दिइरहेको हुन्छ । बढी समयसम्म रुघाखोकी रहँदा नाकको पछिल्लो भागबाट कानसम्म बन्द गरेको हुन्छ । जसको कारण संक्रमण आउँछ र कान असामान्य हुने गर्दछ । यसकारण कानको दुखाईलाई हल्का रुपमा नलिइकन सावधानी अपनाउनु नै राम्रो हुन्छ ।
ध्यान दिनुपर्ने कुराहरु
१. कानमा तातो तेलको केही थोपा चुहाउनुहोस्, जसले केही समय आराम गराउँदै बाहिरी संक्रमणबाट बचाउँछ ।
२. अभिभावकले यो समयमा ध्यान दिई तुरुन्त डाक्टरको लैजानु पर्दछ । हेलचेक्राइँ गरिनु हुँदैन ।
३. चिसोबाट आफूपनि बच्नुहोस र बच्चालाई पनि बचाउनुहोस् ।
४. एलर्जी र खानपानमा ध्यान दिनुहोस् ।
५. प्रदुषणबाट बच्नुहोस् ।
६. कानलाई जथाभावी नकोट्याउनुहोस् ।