काठमाडौं । पेट ठूलो हुनु अधिकांश मानिसको समस्या हो । यसबाट बच्नका लागि मानिस व्यायाम गर्छन् । विभिन्न डाइट प्लान अपनाइरहेका छन् । तर, पेटको बोसो घटाउन सजिलो छैन । पेटको बोसो घटाउने क्रममा सानो गल्तीले पनि बोसो घटाउने प्रक्रिया ढिलो हुनसक्छ । तौल घटाउन वा पेटको बोसो घटाउन सबैभन्दा महत्त्वपूर्ण भनेको खानामा क्यालरीको मात्रालाई घटाउनु हो ।
तर, क्यालरी घटाउने क्रममा अन्य पोषक तत्वको कमी भएमा बोसोको साटो शरीरको पानी र माशंपेसी घट्न थाल्छ । त्यस्तै, पर्याप्त मात्रामा पानी नपिएमा, निद्रामा समस्या हुनु वा निद्रा नपुगेमा, शारीरिक गतिविधि नगर्ने वा सक्रिय नरहेमा वा रक्सीको सेवन गर्दा पनि पेटको बोसो घटाउन सकिँदैन ।
खाना खानुभन्दा अगाडि पानी पिउँदा धेरै खानाबाट बचिने,कम क्यालरीको सेवन हुनसक्छ । निद्रा नपुग्दा जङ्क फुड वा अस्वस्थ खाना खाने चाहना बढ्छ जसले बोसो वा तौल बढ्ने प्रक्रियामा बाधा पु¥याउँछ । रक्सीमा उच्च मात्रामा चिनी हुने हुँदा तौल बढ्छ र विशेषगरी पेटको वरिपरि बोसो जम्मा हुन थाल्छ ।
त्यस्तै, तनाव तथा एन्जाइटी भएमा पनि तौल घटाउन गाह्रो हुनसक्छ । तनाव वा एन्जाइटी हुँदा कोर्टिसल नाकम हर्मोन उत्पादन गर्छ जसले शरीरको मेटाबोलिजमलाई असर गर्छ । मेटाबोलिजम घट्दा पेटको बोसो घट्ने सम्भावना घटाउनुका साथै एन्जाइटी र तनाब भएमा तीव्र रूपमा व्यायाम गर्दासमेत तौल थप बढ्ने हुनसक्छ ।