कैलाली । धनगढी उपमहानगरपालिकाद्वारा 'आमा बचाउ अभियान' कार्यक्रमका लागि वडा नम्बर १८ लाई आज एम्बुलेन्स हस्तान्तरण गरिएको छ।
उपमहानगरपालिकाका मेयर गोपाल हमालले वडाध्यक्ष भुवन रिजाललाई सोमबार एम्बुलेन्स हस्तान्तरण गरेका छन्। एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाको समेत उपस्थिति रहेको थियो।
एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर हमालले गर्भवतीलाई सुत्केरी गराउन अस्पतालसम्म पुग्नका लागि नि:शुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध हुने बताए। उनले नगरका अन्य वडाहरूमा समेत क्रमशः एम्बुलेन्स उपलब्ध गराउने बताए ।