एजेन्सी । पछिल्लो समय मधुमेहको समस्याबाट लाखौँ मानिसहरू प्रभावित भएका छन्।
युवा उमेर समूहका मानिसहरूसमेत मधुमेहबाट पीडित भएका छन् । शरीरमा ग्लुकोजमो मात्रा बढेमा शरीरमा विभिन्न समस्या हुन थाल्छ । जसकारण मधुमेहको समस्या हुनेहरूले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न आवश्यक हुन्छ । सुरुवाती चरणमा लक्षण नदेखिने कारण धेरै मानिसहरूलाई मधुमेहले गम्भीर समस्या ननिम्त्याएसम्म मधुमेह भएको थाहा हुँदैन।
पटक-पटक पिसाब लाग्नु, थकान, मुख सुक्खा हुनु मधुमेहका सामान्य लक्षण हुन् । तर कतिपयलाई मधुमेहका अन्य लक्षण पनि देखिन सक्छ । खुट्टाबाट पनि मधुमेह भएको थाहा हुन्छ । खुट्टामा देखिने केही लक्षणहरूले मधुमेह भएको सङ्केत गर्न सक्छ । खुट्टा रातो हुने, खुट्टा तातो हुनु वा खुट्टा सुन्निने समस्या, लामो समयसम्म अनियन्त्रित रगतमा चिनीको मात्रा बढेको सङ्केत हुन सक्छ।
‘नेसनल इन्स्टिच्युट अफ डायबिटिज एन्ड डाइजेस्टिभ एन्ड मिर्गौला रोग’का अनुसार दैनिक खुट्टाको जाँच गराउनु पर्छ र खुट्टा फरक वा खुट्टामा कुनै परिवर्तन देखिएमा तुरुन्त डाक्टरसँग परामर्श लिनु जरुरी हुन्छ । मधुमेह भएका व्यक्तिहरूले खुट्टामा भएको घाउ, रातो दाग, सुन्निने वा फोका छ कि छैन तथा खुट्टाको नङमा पनि ध्यान दिनु पर्छ ।
खुट्टामा यस्तो समस्या देखिनु रगतमा चिनीको मात्रा बढेको वा मधुमेहको लक्षण हो । साथै, यो सबै सङ्क्रमणको कारण बन्न सक्छन् ।