काठमाडौं । कोशी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गरिएको घटनाबारे छिटो प्रतिवेदन बुझाउन स्वास्थ्यमन्त्री पदम गिरीले निर्देशन दिएका छन् ।
बुधबार विहान श्वासप्रश्वासमा समस्या भएपछि इमरजेन्सी वार्डमा भर्ना गरिएकी १९ दिने शिशुलाई अस्पतालका मेडिकल अफिसर डा. आकाश यादवले मृत घोषित गरेका थिए ।
शिशुलाई चिकित्सकले मृत घोषित गरिदिएपछि उपचारका संलग्न चिकित्सकमाथि शिशुका आफन्तले हातपात गरेका थिए । मृत घोषणा गरेको शिशुले केही समयपछि हात खुट्टा चलाएपछि आफन्तले डा.यादवमाथि आक्रमण गर्दा उनको टाउकोमा चोट लागेको थियो ।