काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले टेकु अस्पतालको बेड संख्या ५०० मा विस्तार गर्नुपर्ने बताएका छन् ।
अस्पतालको ८९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दैं मन्त्री गिरीले विभिन्न प्रकारका महामारीमा अहोरात्र बिरामीको सेवा गर्दै आएको यस अस्पतालको क्षमता बढानुपर्ने बताएका हुन्। आज यो १०० बेड संचालनमा छ । अब पुराना संरचना भत्काउँदैं छौं र नयाँ संरचना बन्नेछ,’ उनले भने, ‘अब ३ सय बेडको अस्पताल हामी यही ठाउँमा स्थापना गर्छौ । यो खुसीको कुरा हो ।’ उनले ३ सय शैय्या पनि पर्याप्त नभएकाले यसलाई बढाएर कम्तिमा पनि ५०० शैय्या पुर्याउनुपर्ने बताए।
कार्यक्रममा बोल्दै टेकु अस्पतालकी निर्देशक डा.मनिषा रावलले कलेरा रोगको उपचार गर्ने लक्ष्यका साथ स्थापना भएको यस अस्पतालमा ९५ प्रतिशत जनावरको टोकाईका कारण लाग्ने रोग बिरामी आउने बताए ।नेपालकै दोस्रो पुरानो अस्पतालका रुपमा यसले १०० बेड संख्यामा बिरामीलाई उपचार सेवा दिदैं आएकोमा आगामी दिनमा ३०० बेडबाट दिने डा.रावलले बताईन् ।