काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य मन्त्रीका रुपमा रामेश्वर श्रेष्ठले गोपनीयताको शपथ लिएका छन्।
स्वास्थ्य मन्त्रालय नेकपा एमालेको भागमा परेपछि पार्टीले श्रेष्ठलाई स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरेको हो।एमालेबाट तीन, माओवादीबाट तीन र राप्रपाका दुई नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन्।
एमालेका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य, केशव पोखरेल कृषि तथा पशुपंक्षी विकासमन्त्री बनेका हुन्।