काठमाडौं । मंगलबार संसद भवन अगाडि पेट्रोल छर्किएर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मुर्ति अनिलले ५१ हजार आर्थिक सहयोग गरेका छन्।
घटनाप्रति दुख व्यक्त गर्दै डा.अनिलले आचार्यको परिवारलाई आर्थिक सहयोग गरेको जानकारी दिएका हुन् । आर्थिक सहयोग गरेपछि डा.अनिलले भनेका छन् -'प्रेमजीको घटनाले स्तब्ध छु।
मैले केही आर्थिक सहयोग गरेको छु । समस्त मित्रहरुमा उहाँको परिवारलाई सहयोग गर्नका लागि अपिल गर्दछु। उनले सामाजिक सञ्जालमा लेखेका छन्।'