काठमाडौं । संयुक्त राष्ट्र सङ्घले दक्षिण अफ्रिकामा दादुराका विरुद्धमा आम बालबालिकालाई खोप लगाउनका लागि सहयोग गरिरहेको बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले दक्षिण अफ्रिकामा पछिल्लो समयमा दादुराको प्रकोप बढेपछि त्यसबाट बचाउन यहाँको सरकारले सबैलाई खोप लगाउने अभियानको सुरुआत गरेको थियो ।
त्यसका लागि संयुक्त राष्ट्रसङ्घको एक विशेष समूहले दक्षिण अफ्रिकामा नै रहेर सहयोग गरिरहेको जानकारी दिइएको समाचारमा जनाइएको छ । दक्षिण अफ्रिकाका नौ प्रान्तमध्ये पाँचवटा प्रान्तमा नै यसको प्रकोप बढेको थियो।
त्यसको नियन्त्रणका लागि खोप दिन थालिएको र त्यसमा संयुक्त राष्ट्रसङ्घको सहयोग रहेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिए।
उनले भने, ‘हाम्रो समूहले ती स्थानमा रहेर काम गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरुको समूह पनि रहेको र उनीहरुलाई आवश्यक प्रविधिलगायतका सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय टिमले सघाएको छ।’ यहाँ गत हप्तामात्र तीन सय ९७ जनामा यो दादुराको सङ्क्रमण देखिएको थियो ।
रासस