काठमाडौं । मंगलबार आत्महत्याको प्रयास गरेका प्रेमप्रसाद आचार्यलाई आईसीयूमा भेट्न जाँदा आइसियू प्रोटोकल नमिचिएको स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले दाबी गरेकी छन् ।
स्वास्थ्य पत्रकार मञ्चले शुक्रबार स्वास्थ्य राज्य मन्त्री कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनका लागि आयोजना गरिएको कार्यक्रममा पत्रकारहरुको जिज्ञासामा जवाफ दिदैं उनले यस्तो बताएकी हुन्।
डा. कार्कीको स्पष्टीकरण
राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरिकलाई “ऊ चाँडै नै यो संसार छोड्दैछ” भन्ने थाहा भएरै उनका आँखाहरु सधैँका लागि बन्द हुनु अगावै, उनका बोली सधैँको लागि रोकिनु अगावै…म उहाँलाई भेट्न पुगेको थिँए । भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ । धन्न मैले ढिला गरिनछु …।