काठमाडौं ।मानवताको सेवा नै जिबनको सर्बोत्तम कार्य हो भन्दै वरिष्ठ दन्त चिकित्सक डा.सुवाष घिमिरे सम्मानित भएका छन ।
थानकोट जेसिसको २३ औ गरिमामय पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रममा डा.घिमिरे लगाएत चर्चित अभिनेत्री रेजिना उप्रेती तथा अन्तरास्ट्रिय बक्सर दीपक महर्जन लाई सम्मान गरिएको थियो ।
स्वास्थ क्षेत्र बाट चन्द्रागिरि नगरपालिकाको आम नागरिकको स्वास्थ सेवामा डा. घिमिरेले पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा चन्द्रागिरि नगर पालिकाका मेयर घनश्याम गिरि,थानकोट जेसिस बर्ष २०२३ का अधक्ष्य जे.सी एलिना महर्जन, थानकोट जेसिस बर्ष २०२२ का अधक्ष्य जे.सी रोसन दानी लगाएत अन्य बिशिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेका थियो ।
यस अघि स्वास्थ क्षेत्र बाट योगदान पुर्याए बाफत डा. घिमिरेले बिभिन्न थुप्रै सम्मानहरु पाएका छन ।