काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई कार्वाही गरिने बताएका छन् । नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री गिरीले यस्तो बताएका हुन्।
उनले भने स्वास्थ्य मन्त्रालयले आगामी दिनमा निजी अस्पताहरुको अनुगमन गरिन्छ अनुगमनमा क्रममा अस्पतालले नर्सहरुको श्रम शोषण गरी न्यूनतम पारिश्रमिक पनि नदिएको पाइएमा त्यस्ता अस्पताहरुलाई कार्वाही गरिने छ।
अस्पताहरुमा अग्रपंक्तिमा रहेर सदैव बिरामीको सेवा गर्ने नर्सहरुले कोरोना महामारीका समयमा खेलको भूमिकाको प्रंशसा गर्दै मन्त्री गिरीले नेपाल नर्सिङ संघको भवन निर्माण गर्नका लागि स्वास्थ्य मन्त्रालयको तर्फमा सक्दो आर्थिक सहयोग गर्ने बताए।
कार्यक्रममा बोल्दै नेपाल नर्सिङ संघकी अध्यक्ष मनु कुमारी राईले नेपाल नर्सिङ काउन्सिलमा हाल १ लाख ९ हजार पाँच नर्सहरु दर्ता भएको बताईन् । उनका अनुसार अग्रपंक्तिमा रहेर सेवा गर्ने नर्सहरुले श्रम अनुसारको मुल्य नपाएको बताउँदै यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गरिइन्।
त्यस्तै संघकी पूर्व अध्यक्ष तारा पोखरेलले स्कूल नर्स कार्यक्रम प्रभावकारी भएको भन्दै त्यसले केही हदसम्म भएपनि नर्सिङ बेरोजगारीको समस्या समाधान गर्नका लागि भूमिका खेल्ने बताईन्।