काठमाडौं । सामूहिक राजीनामा दिएका चतरा अस्पतालका डाक्टरहरुले राजीनामा फिर्ता लिएका छन् । आफूहरुमाथि दुव्र्यवहार भएको भन्दै सुनसरीको चतरा अस्पतालमा कार्यरत्त डाक्टरहरुले सामूहिक राजीनामा दिएका थिए ।
दुव्र्यवहार गरिएका भनिएका व्यक्तिले गल्ती स्वीकार गरी माफी मागेपछि उनीहरु नियमित काममा फर्किने भएका हुन्। सामूहिक राजीनामा दिने डाक्टरहरुमा डा विवेक वर्मा, डी विकास दास, डा सुरज थापामगर, डा विष्णु भण्डारी रहेका थिए।