काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवम वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठलाई मारवाडी सेवा समिति नेपाल र श्री पशुपति गौशाला धर्मशालाले सम्मान गरेको छ ।
क्यान्सर उपचारका क्षेत्रमा महत्वपूर्ण योगदान रहेको भन्दै उनलाई सम्मान प्रदान गरिएको हो । उनीसँगै उक्त अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।