काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ नेतृत्व छनौट गर्न आजबाट उपत्यकामा निर्वाचन सुरु हुने भएको छ । संघको केन्द्रीय कार्यकारिणी समिति २०७९र०८२ निर्वाचन अन्तरगर्त आज र भोली काठमाडौं उपत्यका बाहिरका १६ वटा शाखामा निर्वाचन हुँदैछ।
यसपटकको निर्वाचनमा डा. सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह, डा. अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह र डा. शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल चुनावमा होमिएको छ।
प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर राना मगरका अनुसार काठमाडौं उपत्यकामा १९, २० र २१ माघ गरी तीन दिन निर्वाचन हुँदैछ ।