काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज पनि केही भू-भागमा मौसम बदली भएको छ ।
पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभावका कारण गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली हुने जनाएको छ।
शुक्रबार र शनिबार पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ।राजधानी काठमाडौंको तापक्रम बिस्तारै बढ्न थालेको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा पुगेको छ।