काठमाडौं । इजिप्टको एक च्यारिटबल अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
इजिप्टको एक च्यारिटबल अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार कायरोमा रहेको उक्त अस्पतालमा बुधबार आगलागी भएको हो ।
कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो।आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरु निसास्सिएका थिए भने अरु केही घाइते भइ अस्पताल पुर्याइएको थियो। आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन्।