काठमाडौं । विश्व क्यान्सर दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरले कलाकारहरुको निशुल्क स्वास्थ्य जाँच गरेको छ । चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसीबाट उक्त कार्यक्रमको सुरुवात गरिएको थियो ।
उक्त कार्यक्रममा दीपक राज गिरी,प्रकाश सुवेदी,रविन्द्र खड्का,रेजिना उप्रेती,दीपाश्री निरौला,विशाल भण्डारी,कम्मेडियन सुमन कार्की,शुशान्त बस्याल,सागर लम्साल, सुन्दर खनाल लगायत ५० कलाकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टर र कलाकार संघ बीच कलाकारहरुलाई उपचारमा छुट गर्ने सम्झौता भएको छ। विश्व क्यान्सर दिवसका दिन काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा अन्जनी कुमार झाले कलाकारहरु राष्ट्रका गहना भएको र कुनै पनि कलाकार उपचारबाट वञ्चित हुन नहुने भन्ने अभिप्रायले उपचारमा विशेष छुट गर्ने प्रतिवद्धता जनाएको हो ।