काठमाडौं । नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय समशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको हो ।
विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित उनको आज बिहान नर्भिक इन्टरनेशनल अस्पतालमा निधन भएको हो ।
उनी केही साताअघिदेखि नर्भिक हस्पिटलमा उपचाररत्त थिए । सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन उनी जन्मेका हुन् । ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छिन् ।
स्वर्गीय राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर भएका थिए । राजा महेन्द्रले राष्ट्र बैकको स्थापना गरेर गभर्नरको नियुक्ती दिँदा उनको उमेर मात्र २९ वर्ष थियो । उनी हिमालयन बैंकको संस्थापक पनि हुन् ।