काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एवं नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयुक्त आयोजनामा ३९ औं क्यान्सर सर्भाइभर भेला सम्पन्न भएको छ।
काठमाडौं गेष्ट हाउसमा सम्पन्न गरिएको उक्त कार्यक्रममा निशुल्क रुपमा प्रवेश गराइएको थियो । उक्त कार्यक्रममा सर्भाइभरहरुको स्टल समेत राखिएको छ। कार्यक्रममा सम्पन्न गराउनका लागि उपचारका लागि सहयोगी हातहरु नेपाल,,युनाइडेट अगेस्ट क्यान्सर,नेपाल अर्बुद रोग निवारण संघ लगायतका संघसंस्थाहरुको समेत संलग्नता रहेको थियो ।
कार्यक्रममा ६२ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएकी रिना श्रेष्ठ राज भण्डारीका छोरा विज्ञान राज भण्डारी तथा श्रीमान बैकुण्ठ राज भण्डारीले उनको सम्झनामा ६ लाख ५० हजार नगद प्रदान गरेका थिए । साथै उनको सम्झनामा १२ लाख नगद बराबरको इम्युनियो थेरापी मेडिसिन प्रदान गरिएको थियो ।
कार्यक्रममा डली गुरुङ,संगीता थापा शाक्य,सुस्मा महर्जन,बबी शाक्य तथा विद्या तुलाधर लगायतले क्यान्सर विजयको यात्राबारे अनुभव साटासाट गरेका थिए ।आर्टिस्ट जुगल राजभण्डारीले क्यान्सर सर्भाइभरको कथालाई पेन्टिङमा उतारेका थिए ।