काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमित हुनेहरुको संख्या शुन्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालभर १२११ नमुना परीक्षण हुँदा कोरोना संक्रमित हुनेको संख्या शुन्यमा झरेको हो ।
सोही समयमा कोरोनाका सक्रिय संक्रमितहरुको संख्या ६ रहेको छ । भने कोरोना कारण कुनै पनि मृत्यु भएको छैन ।