काठमाडौं। नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।उपत्यका बाहिरको मतगणना सकिँदा अध्यक्षमा डा.अनिल कार्की र महासचिवमा डा.सन्जिब तिवारीले फराकिलो अन्तरसहित अग्रता लिइरहेका छन्।
उपत्यका बाहिरको ३ हजार ६४९ मत गणना हुँदा अध्यक्ष पदमा डा कार्कीले २०४९ मत ल्याएका छन्। निकटतम प्रतिस्पर्धीको रुपमा रहेका डा सन्तोष पौडेलले १ हजार ३५४ मत प्राप्त गरेका छन् भने अर्का उम्मेद्धार डा शिवजी विक्रम सिलवालले १४२ मत मात्रै पाएका छन्।
यस्तै महासचिव पदमा डा सञ्जीव तिवारीले १ हजार ६४२ मत प्राप्त गर्दा डा रक्षा श्रेष्ठले ८८२ मत र डा अमृत भुसालले ८९७ मत प्राप्त गरेका छन्।
उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा अजय कुमार मिश्रले ६९७, डा महेश महासेठले ८९० र डा निरज कुमार सिंहले १ हजार ७६८ मत प्राप्त गरेका छन्।यसैगरी उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा प्रकाश बुढाथोकीले १ हजार ९२५ मत प्राप्त गरेका छन् भने डा सञ्जय कुमार ठाकुरले १ हजार ४०९ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा विकास गौचनले १ हजार ३२९ मत प्राप्त गर्दा डा राजन शर्माले १ हजार ९७८ मत पाएका छन्।
यस्तै उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजकमा डा निरज अर्यालले १ हजार ३२८ मत प्राप्त गरेका छन् भने डा प्रशान्त भट्टले १ हजार ९४८ मत पाएका छन्। अन्य प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।