काठमाडौं । पूर्व -स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की लगायत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान मन्त्रीहरूले सरकारी निवास छाडेका छन्।
पप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेसहित सोमबार राजीनामा दिएका मन्त्रीहरू क्वाटरबाट आफ्नो निवासमा सरेका हुन् ।निवर्तमान श्रममन्त्री डोलप्रसाद अर्यालले सोमबार राजीनामा दिएलगत्तै आफू बसिरहेको क्वाटर खाली गरेका उनको सचिवालयले जनाएको छ।
उनले भने, ‘अब सरकारमै नरहेपछि सरकारी निवासमा किन बस्ने भनेर आइतबारै सबै सामान निकालिसके। अहिले बालाजुस्थित आफ्नै घरमा सरेको छु।’ ती सदस्यले भने। अर्यालले सरकारी गाडी र पिएसओ पनि फिर्ता गरेका छन्।
रवि लामिछानेले पनि आइतबार आफ्नो क्वार्टर खाली गराएका छन्। यसअघि उनले क्वाटर छाडे पनि सामान निकालेका थिएनन् भने साँचो आफैँसँग राखेका थिए। क्वार्टर नछाडेको विषयमा आइतबार उनले पत्रकार सम्मेलनमा स्पष्टीकरणसमेत दिएका थिए । त्यसलगत्तै उनले आइतबारै सम्बन्धित निकायको रोहबरमा क्वार्टर खाली गराएको स्रोतले बताएको छ। लामिछानेले आफू पूर्वगृहमन्त्रीको हैसियतमा कुनै पनि सुविधा नलिने बताइसकेका छन्।