एजेन्सी। भूकम्पले क्षतिग्रस्त टर्की र सिरियामा हृदयविदारक आक्रोश शान्त भएर आँसु सुकेको छ । समय–समयमा निस्किने रुवावासी र विलापले शरीर र मनमा गहिरो घाउको पीडा यथावत रहेको बताउँछ ।
युरोप नजिकै रहेका पश्चिम एसियाका दुवै देशको अवस्था यस्तै छ । यी देशहरूमा यो साता ७।८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प गएको १०० घण्टापछि पनि भग्नावशेषबाट जीवितै भेट्ने आशा समाप्त हुँदै गए पनि चमत्कार भने भइरहेका छन् ।
यो प्राकृतिक प्रकोपमा मृत्यु हुनेको संख्या २४ हजार नाघेको छ । टर्कीमा १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने सिरियामा मृत्यु हुनेको संख्या ३ हजार पुगेको छ । विश्व बैंकले भूकम्प प्रभावित टर्की र सिरियाका लागि १ अर्ब ७८ करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ । उक्त रकम उद्धार–राहत कार्य र पुनर्निर्माणमा खर्च गरिनेछ ।